सोमबार अध्यक्ष सुभाषचन्द्र बरालको नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै चन्दा नदिएका कारण आक्रमण भएकाले दोषीमाथि कारबाही गर्न माग गरिएको छ।
चितवन — नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्रीय समितिले चितवन खैरहनीको नापी कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्ने गर्ने र योजना बनाउने सबैलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
सोमबार एशोसिएसनका तर्फबाट गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउन अध्यक्ष सुभाषचन्द्र बरालको नेतृत्वमा गएको टोलीले कुनै अमुक दललाई चन्दा नदिएकै कारण आक्रमण र दुर्व्यवहार भएको बताएको छ ।
साउन २७ गते मंगलबार दिउँसो खैरहनी नापी कार्यालयका प्रमुख रहेका इन्जिनियर शालिकराम लम्सालमाथि कार्यकक्षभित्रै दुर्व्यवहार भएको थियो । उक्त घटनाको जिम्मेवारी नेकपा बहुमतले लिएको थियो ।
घटनामा संलग्न भएको आरोपमा चितवन प्रहरीले नेकपा बहुमतको चितवन सचिव ध्रुब खड्कालाई सोही दिन पक्राउ गरेको थियो । चन्दा नदिएका कारण आक्रमण भएको एशोसिएसनको दाबी छ ।
