चाँदीका गहनासहित चाँदीलाल पक्राउ

१ लाख ५८ हजार ३ सय ३२ रुपैयाँ मूल्य बराबरका चाँदीका गरगहनासहित पक्राउ पर्नेमा भारत मोतीहारीका ५२ वर्षीय चाँदीलाल साह रहेका छन् ।

भाद्र २, २०८२

प्रताप विष्ट

Chandilal arrested with silver jewellery

हेटौंडा — अवैध चाँदीका गरगहनासहित मकवानपुर प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । चाँदीका गरगहनासहित पक्राउ पर्नेमा भारत मोतीहारीका ५२ वर्षीय चाँदीलाल साह रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट १ लाख ५८ हजार ३ सय ३२ रुपैयाँ मूल्य बराबरका चाँदीका गरगहनासहित साहलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए । 

प्रहरीलाई शंका लागेर उनले बोकेको झोला खानतलासी गर्दा भन्सार छलेर ल्याएको अवैध चाँदीका गरगहना फेला परेका थिए ।

साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully