पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

श्रावण ३१, २०८२

रासस

Landslide blocks Dhadingbesi Malekhu road

धादिङ — जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।

नीलकण्ठ नगरपालिका–८ साँघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ ।

अघिल्लो वर्ष पहिरो खसेको स्थानमा फेरि पहिरो खसेको नगरपालिका–८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए। पहिरोसँगै ढुङ्गा र रुख सडकमा खसेकाले तत्काल आवागमन खुलाउन समस्या देखिएको उनले बताए। 

धादिङबेँसी नजिक केहीवर्ष अघिदेखि पहिरो खस्दै आएको भए पनि नियन्त्रणको प्रयास भएको छैन । हाल जिल्लाका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेकाले सतर्क रहन आग्रह गरिएको छ । 

रासस

Link copied successfully