नापी प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा नेकपा बहुमतका चितवन सचिव पक्राउ

चितवन प्रहरीले खड्कालाई नापी कार्यालय प्रमुखमाथि मंगलबार भएको कालोमोसो प्रकरणमा संलग्न भएको आरोपमा हिरासतमा राखेको छ।

श्रावण २८, २०८२

रमेशकुमार पौडेल

CPN Majority Chitwan Secretary arrested on charges of misbehaving with Napi chief

चितवन — प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका चितवन जिल्ला सचिव ध्रुव खड्कालाई पक्राउ गरेको छ । 

चितवनको पूर्वी भेग खैरहनीमा रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्सालमाथि हिजो मंगलबार दिउँसो केही व्यक्तिहरूले उनको कार्यकक्षमै पसेर कालोमोसो दलेका थिए । 

सोही घटनामा संलग्न भएको आरोपमा खड्का पक्राउ परेको चितवन प्रहरीले जनाएको छ । हिजै मंगलबार पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए । 

खड्काको साथबाट नौवटा पर्चा पनि बरामद भएको खनालले बताए । नेकपा बहुमत चितवनका इन्चार्ज दिपकले प्रेस विज्ञप्ति जारी गर्दै खड्कालाई रिहा गर्न माग गरेका छन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully