बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

बागमती प्रदेशका सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंस्था गाईजात्रा पर्वका दिन बन्द हुनेछन्।

श्रावण २२, २०८२

प्रताप विष्ट

Sunday is a public holiday in Bagmati Province

हेटौंडा — बागमती प्रदेश सरकारले गाईजात्रा पर्वका अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०८१ चैत १९ गतेको मन्त्रिपरिषद बैठकले गाईजात्रा पर्वसहित अन्य ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो  । उक्त निर्णयअनुसार सार्वजनिक बिदा क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको थियो । उक्त दिन बागमती प्रदेशका सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंस्था बन्द रहनेछन् । 

नेवार समुदायको महत्वपूर्ण बसोबास रहेको बागमती प्रदेशको काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइने गरिएको छ ।

प्रताप विष्ट

Link copied successfully