उनीहरूमाथि लागुऔषध कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइरहेको प्रहरी जनाएको छ ।
हेटौंडा — मकवानपुर प्रहरीले हेटौंडाबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-१ का २२ वर्षीय समिर मोक्तान र धनुषा गणेशमान चारनाथ नगरपालिका-४ घर भई हेटौंडा-१० बस्ने २४ वर्षीय सिद्धार्थ आलेमगर रहेका छन् ।
वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज ०४१४ नं. को यात्रुबाहक गाडीलाई हेटौंडा रातोमाटे चेकपोष्टका प्रहरीले रोकेर जाँच गर्ने क्रममा मोक्तान र आलेमगरको साथबाट ९ ग्राम २०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो ।
पक्राउ परेका दुवैलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद थप गरी लागुऔषध कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइरहेको प्रहरी जनाएको छ ।
