बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी पेस

कांग्रेस र एमालेका ६४ सांसदको समर्थनमा बानियाँले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।

श्रावण १९, २०८२

सुवास विडारी

Baniyan's claim submitted to the Chief Minister of Bagmati Province

मकवानपुर — बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । कांग्रेस संसदीय दलका नेता बानियाँले केही समयअघि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् । 

बहादुर सिंह लामाले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

दाबी पेसको समय मंगलबार दिउँसो २ बजेसम्म तोकिएको छ ।  बानियाँले कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन आफूलाई रहेको दाबी गरेका छन् । ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ । 

Baniyan's claim submitted to the Chief Minister of Bagmati Province

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully