हेटौंडा–कुलेखानी–फाखेल सडक पहिरोले अवरुद्ध

इन्द्रसरोवर गाउँपालिका—४ महालक्ष्मी खोला नजिक माथिबाट आइतबार दिउँसो सुख्खा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।

श्रावण १८, २०८२

प्रताप विष्ट

Hetaunda-Kulekhani-Fakhel road blocked by landslide

हेटौंडा — हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको सडकमार्गको हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडक खण्डको महालक्ष्मी खोला नजिक पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिका—४ महालक्ष्मी खोला नजिक माथिबाट आइतबार दिउँसो सुख्खा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो । 

उक्त सडक खुलाउन फाखेलस्थित प्रहरी टोली र स्थानीयवासी पहिरो पन्छाइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । 'पहिरो पन्छाउन २, ३ घन्टा लाग्ने छ,' उनले भने  ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully