बागमती प्रदेशप्रमुख अस्वस्थ, मन्त्रीहरुको शपथ स्थगन

प्रदेशप्रमुख देवकोटा काठमाडौँमा उपचार गराउन गएका कारण शपथ कार्यक्रम अर्को सूचना नआउन्जेल स्थगित गरिएको छ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Bagmati province chief unwell, ministers' oath postponed

काठमाडौँ — बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ भएका छन् । उनको स्वास्थ्यमा अचानक समस्या आएकाले आज अपराह्नका निम्ति निर्धारित नवनियुक्त मन्त्रीहरुको शपथ कार्यक्रम स्थगन भएको छ । 

प्रदेशका प्रमुख देवकोटा आज बिहान उपचारका लागि काठमाडौँ प्रस्थान गरेकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथको  कार्यक्रम स्थगन भएको प्रदेशप्रमुखको कार्यालयले जनाएको छ । 

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार प्रदेशसभा सदस्यहरु गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त गरी शपथका लागि प्रदेशप्रमुखसमक्ष सिफारिस गरेका थिए ।

कान्तिपुर

Link copied successfully