बागमतीको मुख्यमन्त्री परिवर्तनमा नयाँ मोड, लामाले गुमाए संसदीय दलको नेताको हैसियत

बागमती प्रदेशमा मुख्यमन्त्री लामालाई १५ मत मात्र प्राप्त हुँदा बानियाँले २२ मत पाउँदै बहुमतको समर्थन पाएका छन्।

श्रावण १३, २०८२

सुवास विडारी

New twist in Bagmati CM change, Lama loses parliamentary party leader status

काठमाडौँ — मुख्यमन्त्री बहादुरसिंह लामा बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् । मंगलबार प्रदेश कांग्रेस संसदीय दलमा भएको मतविभाजमा मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् । 

मुख्यमन्त्री लामाका पक्षमा १५ सांसदले मात्र मत दिएका छन् । त्यस्तै इन्द्रबहादुर बानियाँका पक्षमा भने बहुमत अर्थात २२ सांसद देखिए ।

बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसकै मन्त्रीहरूले राजीनामा समेत दिएका थिए। मंगलबार मात्र खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले सोमबार दिएका थिए ।  यसअघि ९ साउनमा प्रदेशका ४ जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री लामाले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई पदमुक्त गरिसकेका छन् । उनले रिक्त चार मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरी अविश्वासको प्रस्ताव सामना गर्ने रणनीति तय गरेका थिए । तर मंगलबार संसदीय दलको नेतामा पराजित भएसँगै उनलाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब बढेको छ ।

बागमतीमा रहेका कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।

विश्वासको मतको पक्षमा समर्थन गर्ने 
१) ईन्द्रबहादुर बानियाँ
२) शिवराज अधिकारी
३) कञ्चनचन्द्र वादे
४) दिपेन्द्र श्रेष्ठ
५) पुकार महर्जन
६) बिनु रायमाझी पौडेल
७) यमुना देवी श्रेष्ठ
८) उर्मिला नेपाल केसी
९) शान्ता ढकाल
१०) प्रभात तामाङ
११) छिरीङ्ग दोर्जे लामा
१२) मीना पराजुली
१३) याङ्किला शेर्पा
१४) मीन कृष्ण महर्जन
१५) बिमल ठकुरी
१६) मदुकुमार श्रेष्ठ
१७) सुरजचन्द्र लामिछाने
१८) सुरेश श्रेष्ठ
१९) श्रीराम लामिछाने
२०) सुना परियार
२१) श्यामबहादुर खड्का
२२) कृष्णबहादुर तामाङ

विश्वासको मतको विपक्षमा समर्थन गर्ने
१) बहादुरसिंह लामा तामाङ
२) कुन्दनराज काफ्ले
३) उत्तम जोशी
४) लक्ष्मी श्रेष्ठ
५) रमेशकुमार महत
६) हरिप्रभा खड्गी
७) रामकुमार पहाडी
८) छेत्रबहादुर बम्जन
९) गिता गुरूङ
१०) मसिना खड्का
११) तिर्थ लामा
१२) रामकृष्ण चित्रकार
१३) माया श्रेष्ठ
१४) गोविन्द लम्साल
१५) समिता खड्गी

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully