बागमती प्रदेशमा कांग्रेस संसदीय दलको बैठक सुरु

श्रावण १३, २०८२

सुवास विडारी

Congress Parliamentary Party meeting begins in Bagmati Province

हेटौंडा — बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विवादबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार पनि बैठक बोलाइएको थियो तर स्थगित गरिएको थियो । कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेसका २१ जना सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । आज खानेपानी मन्त्री श्यामबहादुर खड्काले पदबाट राजीनामा दिँदै प्रस्तावमा हस्ताक्षर गरेसँगै यो संख्या २२ पुगेको छ ।

बागमती प्रदेश सरकारबाट कांग्रेसका ५ मन्त्रीले राजीनामा दिइसकेका छन् । मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि विवाद समाधानका लागि कांग्रेस केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी हेटौँडामा पुगेका छन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully