बागमतीमा मुख्यमन्त्री परिवर्तनको तयारी, लामालाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलन

श्रावण ९, २०८२

सुवास विडारी

Preparations for change of Chief Minister in Bagmati, collection of signatures to remove Lama from the leader of the parliamentary party

मकवानपुर — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् । उनलाई पार्टीको नेताबाट हटाउन सांसदहरूले शुक्रबार हस्ताक्षर बुझाएका छन् ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सक्रियतामा संसदीय दलका ३७ जना सांसदमध्ये २१ जनाले हस्ताक्षरसहित उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । २१ सांसदको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई हस्ताक्षर बुझाइएको छ ।

बहादुरलाई पदबाट हटाउन १९ सांसद चाहिनेमा २१ जनाको हस्ताक्षर गरेका छन् । कांग्रेसको विधानअनुसार संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत सांसदको हस्ताक्षर भए पुग्छ । तर, ५० प्रतिशतभन्दा बढी सांसदको हस्ताक्षर रहेका कारण अब संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अगाडि बढ्ने सांसद छिरिङदोर्जे लामाले जानकारी दिए । उनका अनुसार अबको बैठक सचिवले राख्न सक्ने विधानमा स्पष्ट उल्लेख गरिएको छ ।

कांग्रेसबाट लामा नेतृत्वको सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिएका थिए । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन् ।

Preparations for change of Chief Minister in Bagmati, collection of signatures to remove Lama from the leader of the parliamentary party

Preparations for change of Chief Minister in Bagmati, collection of signatures to remove Lama from the leader of the parliamentary party

Preparations for change of Chief Minister in Bagmati, collection of signatures to remove Lama from the leader of the parliamentary party

Preparations for change of Chief Minister in Bagmati, collection of signatures to remove Lama from the leader of the parliamentary party

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully