बागमतीका चार मन्त्रीको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्रीद्वारा पदमुक्त

श्रावण ९, २०८२

सुवास विडारी

Four Bagmati ministers sacked by Chief Minister without accepting resignations

मकवानपुर — बागमती प्रदेशका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उनीहरुलाई पदमुक्त गरेका छन् । 

लामाले नेपालको संविधान २०७२ को धारा १६९  (२) (ख) अनुसार चार मन्त्रीलाई पदमुक्त गरेका हुन् । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन,  संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले शुक्रबार दिउँसो राजीनामा दिएका थिए । 

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँलाई नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेसबाट मन्त्री भएका ४ जनाले राजीनामा दिएका हुन् । कांग्रेस २१ सांसदले लामाविरुद्ध हस्ताक्षर गरी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । यसका लागि ३७ जना सांसद रहेको कांग्रेस संसदीय दलमा २१ जनाले हस्ताक्षरसमेत गरिसकेका छन् ।

Four Bagmati ministers sacked by Chief Minister without accepting resignations

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully