What you should know
हेटौंडा — हत्या अभियोग लागेका बागमती गाउँपालिका–९ बेतिनीस्थित स्वास्थ्य चौकीका एक कर्मचारीलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको सोमबारको इजलासले ५७ वर्षीय रामबहादुर वाइबाको हत्या अभियोगमा बारा निजगढ नगरपालिका–३, सिंगोल घर भई बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय कुमार थापालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाएको हो । अदालतले आदेशअनुसार प्रहरीले थापालाई भीमफेदी कारागार पठाएको छ । गत असार १४ गते खुर्पा प्रहार गरेर वाइवाको हत्या गरेको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको थियो ।
घरबाट नजिकैको गोठतर्फ गाईबस्तुलाई घाँस हाल्न भनी पुरानो स्वास्थ्यचौकीको भवन हुँदै गइरहेका वाइबालाई थापाले पछाडिबाट खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।
