सिन्धुलीमा तीर्थयात्रीबीचको झगडामा चक्कु प्रहार, एक जनाको हत्या

श्रावण ५, २०८२

राजकुमार कार्की

One killed in Sindhuli clash between pilgrims

What you should know

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ ।

सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक घरमा १० जना भन्दा धेरै तीर्थयात्री बसेको बेला विवाद भई झडप भएको थियो । 

सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार झगडाका क्रममा चक्कु प्रहार हुँदा एक तीर्थयात्रीको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । प्रहरीका अनुसार उनको उमेर अन्दाजी ३० वर्ष जति देखिन्छ । शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ । 

झगडाका बेला तीर्थयात्रीहरूमध्ये केहीले कराउँदै झगडा गरेका थिए । स्थानीय आइरहेको सुइँको पाएपछि चक्कु प्रहार गर्नेहरू जंगलतर्फ भागेका थिए । प्रहरीले हत्यामा संलग्नको खोजी जारी राखेको दाबी गरेको छ ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully