मकवानपुर प्रहरीद्वारा खैरो हेरोइनसहित ७ जना पक्राउ 

श्रावण ५, २०८२

प्रताप विष्ट

Makwanpur police arrested 7 people with brown heroin

What you should know

हेटौंडा — मकवानपुर प्रहरीले विभिन्न स्थानवाट खैरो हेरोइनसहित सात जनालाई पक्राउ गरेको छ । शुक्रबार र शनिबार दुई दिनमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दुईु किशोरी पनि छन् ।

पक्राउ पर्नेहरुको साथबाट प्रहरीले ६ ग्राम ९१० मिलिग्राम खैरोहेरोइन बरामद गरेको थियो । लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाटसमेत संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा हेटौंडा–१ का २० वर्षीय सतिस लामा, हेटौंडा–५, सानोपोखराका २० वर्षीय सन्जिव लामा, भिमफेदी गाउँपालिका–२, कालिकाटारका १९ वर्षीया सन्ध्या पाख्रिन, मकवानपुरगढी गाउँपालिका–२, बाँसपानीकी १९ वर्षीया सन्ध्या घलानको साथबाट लागुऔषध खैरो हेरोइन २ ग्राम २१० मिलिग्राम बरामद गरेको जनाइएको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट ना ३७ प ६४४९ नम्बरको मोटरसाइकल चालक पर्सा जिल्लाको पोखरिया नगरपालिका–१, बनकटवाका २७ वर्षीय अकलेश महतो कुशहवाको साथबाट २ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

यस्तै सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–६ घर भई हाल हेटौंडा–९, लामसुरेका ३६ वर्षीय शैलेन्द्र चौधरी र सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, बनैनिया घर भई हाल जिल्ला हेटौंडा–१० मा बस्दै आएका ३६ वर्षीय अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । 

पक्राउ परेका सबैलाई लागुऔषधसम्बन्धी मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully