अरनिको राजमार्ग पहिरोले अवरुद्ध, महभीरमा सडक भास्सियो [तस्बिरहरू]

श्रावण ४, २०८२

अनिश तिवारी

Araniko Highway Blocked by Landslide, Road Washed Away in Mahabhir [Photos]

What you should know

सिन्धुपाल्चोक — शनिबार बेलुकीको अविरल वर्षाका कारण पहिरो र लेदो बग्दा अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ । माथिल्लो खण्डबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक थुनिएको हो ।

चरिकोट सडक डिभिजन कार्यालयका अनुसार तत्काल मोटरसाइकल र साना सवारीसाधन आउजाउ भए पनि ठूला सवारी र कन्टेनर बाटोमै र‍ोकिएका छन् । 'आइतबार जुरेमा बिजुलीको प‍ोल ढलेका छन्, सडकमा खोला र लेदोको बाढी बगिरहेको छ, पैदल हिँड्न पनि मुस्किल बनाएको छ । महभीरमा सडक भास्सिएको छ,' जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले भने । 

Araniko Highway Blocked by Landslide, Road Washed Away in Mahabhir [Photos]

पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरका स्थानीय प्रभावित भएका छन् । यी ठाउँका लागि गुडेका सवारीसाधन पहिरोछेउ थन्किएका छन् । तातोपानी नाकाबाट सामग्री बोकेर काठमाडौं पुर्‍याएर फर्केका कन्टेनर जुरेभन्दा केही पर रोकिएका छन् ।

'बिरामी र यात्रु जुरे पहिरोको लेदोको खोलामा जोखिम मोलेर पैदल यात्रा गर्दै छन्, दिनहुँ यस्तै गरी हिँड्नुपर्छ,' स्थानीय नवराज रायमाझीले भने ।

Araniko Highway Blocked by Landslide, Road Washed Away in Mahabhir [Photos]

Araniko Highway Blocked by Landslide, Road Washed Away in Mahabhir [Photos]

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully