ब्रेक फेल भई यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते

श्रावण ३, २०८२

ज्योती श्रेष्ठ

23 injured in passenger bus accident due to brake failure

What you should know

काभ्रे — काभ्रेपलान्चोकमा ब्रेक फेल भई यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार दिउँसो १२:२० बजे काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित पौवामा यात्रुवाहक बस दुर्घटना भएको हो।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मीनबहादुर घलेले रामेछापको डोरखानीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटना भएको जानकारी दिए । बसमा सवार ३२ जनामध्ये २३ जना यात्रु घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि जिल्ला स्थित धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully