अनलाइन जुवा खेलाउने ५ जना पक्राउ

असार ३१, २०८२

ज्योती श्रेष्ठ

5 arrested for online gambling

काभ्रे — अनलाइन जुवा खेलाउने ५ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका–२ नगरकोटमा रहेको नाल्दुम भिलेज रिसोर्ट एण्ड ग्रीन पिस रेष्टुरेण्ट नामक होटलमा बसेर अनलाइन जुवा खेलाउने ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ ईमाटोलका ३२ वर्षीय दिगज नकर्मी, ४ कमल बिनायकका २८ वर्षीय सञ्जिव कुशी, त्यहींका २४ वर्षीय रोशन प्रजापति, सूर्यविनायक नगरपालिका–७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं–१६ शान्तिनगर बस्ने २१ वर्षीय राजन महर्जन रहेको जिल्ला प्रहरी काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार, उनीहरुको साथबाट ५ थान ल्यापटप र १८ थान मोबाइल बरामद गरिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully