बुद्धचित्तको माला चोरेको आरोपमा तीन जना पक्राउ

असार २७, २०८२

ज्योती श्रेष्ठ

Three people were arrested for stealing Buddha's garland

काभ्रे — बुद्धचित्तको माला चोरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपलिका वडा नम्बर ४ का १९ वर्षीय विवेक लामा, वडा नम्बर २ का २० वर्षीय मिलन मोक्तान र वडा नम्बर ३ का १९ वर्षीय लबाड तामाङ रहेका छन् ।  

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार असार २१ गते राति  बनेपा नगरपालिका वडा नम्बर-१० रेशम मार्गस्थित भवानी पाण्डेको घर कम्पाउण्डमा रहेको बुद्धचित्तको माला चोरी भएको थियो ।

करिब ८ लाख रुपैयाँबराबरको बुद्धचित्तको माला चोरी भएको थियो । पक्राउ परेका तीनै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दायर भई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully