काभ्रे — जिल्लास्थित विपी राजमार्गको विभिन्न स्थानमा पहिरो खसेको र अहिले पहिरो पन्छ्याउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अुनसार, गएरातिको वर्षातको कारण राजमार्ग अर्न्तगत भकुण्डे–नेपालथोक सडकखण्डको पिङथली, चारसयवेशी र मंगलटारमा पहिरो झरेको थियो ।
अहिले उक्त स्थानमा पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल कुमार धाँजुले जानकारी दिए ।
उनका अनुसार, पहिरोका कारण राजमार्गमा सवारी र यात्रुलाई समस्या नहोस् भनेर काठमाडौंबाट सिन्धुलीतर्फ जाने सवारीलाई काभ्रेभञ्ज्याङमा र सिन्धुलीबाट काठमाडौंतर्फ आउने सवारीलाई मंगलटारमा होल्ड गरिएको छ ।
