सञ्चालनमा आयो कान्ति लोकपथ

असार २५, २०८२

प्रताप विष्ट

Kanti Lokpath came into operation

हेटौंडा — पहिरो पन्छाएपछि कान्तिलोकपथ पाँच घन्टापछि सञ्चालनमा आएको छ।  मंगलबार राति परेको पानीले कान्ति लोकपथअन्तर्गत ठिंगन–वगुवा सडकखण्डमा पर्ने गंगटेमा पहिरो जाँदा बुधबार बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको हो ।

स्थानीय बासिन्दा र प्रहरीले डोजर प्रयोग गरी पहिरो पन्छाएर बिहान १० बजेदेखि कान्ति लोकपथ सञ्चालनमा ल्याएका हुन् ।

‘सडकमाथिबाट ठूलो पहिरो खसेकाले बिहानैदेखि कान्ति लोकपथ अवरुद्ध भएको थियो,’ इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक विद्यासागर मेहताले भने, ‘पहिरो पन्छाएपछि लोकपथमा सवारी साधनहरू आवतजावत गर्न थालेका छन्।’ 

कान्ति लोकपथ हुँदै हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारी साधनहरू ठिंगनमा रोकिएका थिए भने काठमाडौंबाट हेटौंडातर्फ आउने गाडीहरू बगुवामा रोकिएका थिए । अहिले दुवै दिशातर्फका सवारी साधनहरू आ–आफ्नो गन्तव्यतर्फ गइसकेका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully