तामाकोसीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

असार २५, २०८२

केदार शिवाकोटी

Danger of flooding in Tamakoshi, caution urged

दोलखा — जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोसी नदी तथा त्यसका सहायक खोलामा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

बुधबार दिउँसो प्रशासनले तामाकोसी र त्यसका आसपासका खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

तिब्बतसहित दोलखाको माथिल्लो क्षेत्रमा अधिक र मध्यम वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा भनिएको छ ।

निरन्तरको वर्षाका कारण तामाकोसी नदीको बहाव बढिरहेकाले त्यस आसपासका स्थानीयलाई नदी आसपास नजान आग्रह गरिएको छ ।

केदार

Link copied successfully