काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) बेलायत प्रस्थान गरेका छन् । मुख्यमन्त्री लामा व्यक्तिगत कामको सिलसिलामा बुधबार त्यसतर्फ गएका हुन् । उनीसँग प्रमुख स्वकीय सचिव छत्र लामा पनि बेलायत गएका छन् ।
मुख्यमन्त्री बहादुरसिंह लामाको सचिवालयका अनुसार उनी एक साता बेलायत रहने छन् । भ्रमणका क्रममा आफन्त भेटघाट र नेपाली संघसंस्थाका कार्यक्रममा सहभागी हुने स्वकीय सचिव राजेन्द्र फुयालले जानकारी दिए ।
यसैबीच बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आजदेखि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठलाई दिएका छन् । व्यक्तिगत कामको सिलसिलामा देश बाहिर जाने भएकाले मुख्यमन्त्री लामा फर्कि नआएसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिइएको प्रदेश प्रमुख देवकोटाले जानकारी दिए ।
