पहिरोले जिरीको झाक्रे जलविद्युत् केन्द्रको पावर प्लान्टमा क्षति

असार २२, २०८२

केदार शिवाकोटी

Landslides damage the power plant of Jira's Jhakre hydropower plant

दोलखा — पहिरोले दोलखाको जिरी नगरपालिका –९ मा रहेको खिम्ती ग्रामीण विद्युत् सहकारीले सञ्चालन गर्दै आएको झाक्रे खोला जलविद्युत् केन्द्रको पावर प्लान्टमा क्षति पुर्‍याएको छ ।

१ दशमलव ३५ मेगावाटको उक्त विद्युत् केन्द्रको २ वटा पावर प्लान्टमध्ये ६ सय ३५ केभीको विद्युत् केन्द्रमा आइतबार अपराह्न झरेको पहिरोले क्षति गरेको केन्द्रका महाप्रबन्धक कुमार फुयाँलले बताए । 

Landslides damage the power plant of Jira's Jhakre hydropower plant

पहिरो आएपछि कर्मचारी भने भागेर सुरक्षित स्थानमा पुगेका छन् । निरन्तर पहिरो खसिरहेका कारण प्लान्टमा भएका सामग्री निकाल्ने प्रयास भइरहेको छ । पहिरोले प्लान्टको भवन क्षतिग्रस्त बनाएको उनले बताए । उद्वारका लागि प्रहरी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए । 

Landslides damage the power plant of Jira's Jhakre hydropower plant

प्रहरी पुग्न समय लाग्ने भएकाले क्षतिको विवरण आउन नसकेको उनले बताए ।

केदार शिवाकोटी

Link copied successfully