मकवानपुरको दुर्गम बस्तीको खोलामा बन्यो झोलुंगे पुल 

असार २२, २०८२

प्रताप विष्ट

A suspension bridge was built in the river of the remote settlement of Makwanpur

हेटौंडा — मकवानपुरको बकैया गाउँपालिकाको दुर्गम बस्तीको खोलामा झोलुंगे पुल निर्माण गरिएको छ । 

पुलको अभावमा वर्षायाममा जोखिम मोल्दै आएका बकैया गाउँपालिका–७ का बासिन्दालाई हर्दा खोलामा झोलुंगे पुल बनेपछि खुसी छाएको छ । बकैया गाउँपालिका–७ स्थित हर्दा खोलामा १०८ मिटर लामो झोलुंगे पुल बनेको छ । संघीय सरकार र बकैया गाउँपालिकाको लगानीमा माटोकोरी –चुनढुंगा झोलुंगे पुल निर्माण गरिएको हो ।

६० लाख सात हजार रुपैयाँमा निर्माण गरिएको उक्त पुलका निम्ति संघीय सरकारले ५० लाख १४ हजार, बकैया गाउँपालिकाले ७ लाख ८२ हजार र स्थानीयबासीले एक लाख २० हजार रुपैयाँ बराबरको श्रमदान गरेका थिए । 

ग्रामीण जागरण तथा विकास संगठन नेपाल(राडो) प्राविधिक सहयोग निर्माण गरिएको उक्त झोलुंगे पुलबाट २ सय ३५ घरधुरीका १ हजार ४ सय ५ जना लाभान्वित हुने वडाध्यक्षले मानबहादुर स्याङ्तानले बताए ।

गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आइतबार एक समारोहबीच उद्घाटन गरिएको उक्त पुलले ७ नम्बर वडावासीमा खुसी छाएको छ । हर्दा खोलामा पुलको अभावले गर्दा पालिकाको केन्द्र रहेको स्थानमा वर्षायाममा आउजाउ गर्न समस्या थियो । यो पुलको  निर्माण कार्य २०८० सालको चैतमा सुरु गरिएको  थियो ।  

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully