हेटौंडा — अफिमको ओसारपसार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १५ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।
ती युवकलाई अदालतले ५ लाख रुपैयाँ जरिवाना गर्ने आदेश गरेको छ । अदालतले अफिम ओसारपसारमा प्रयोग भएको मोटरसाइकल पनि जफत गर्ने आदेश गरेको छ ।
जिल्ला न्यायाधिश अवनी मैनाली भट्टराईको शुक्रबार बसेको इजलासले राक्सिराङ गाउँपालिका—५ का राजकुमार भन्ने ३४ वर्षीय चन्द्रबहादुर मोक्तानलाई अफिम ओसारपसार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
प्रहरीले चन्दबहादुरलाई मनहरी गाउँपालिका सिम्पानीबाट २ केजी ५३० ग्राम अफिमसहित २०८१ चैत १० गते पक्राउ गरेको थियो । उनले मोटरसाइकलमा अफिम लुकाएर ल्याएका थिए । मोक्तान अहिले भीमफेदी कारागारमा छन् ।
