विगुको गोंगर खोलामा बाढी, सतर्क रहन स्थानीयलाई प्रशासनको आग्रह

असार १९, २०८२

केदार शिवाकोटी

Flooding in Vigu's Gongar River, Administration urges residents to be vigilant

दोलखा — दोलखाको विगु गाउँपालिका-१ तामाकोसी नदीको सहायक गोंगर खोलामा लेदो सहितको बाढी आएको छ । बिहीबार दिउँसो त्यस क्षेत्रमा परेको वर्षापछि ठाडो गोंगर खोलामा बाढी आएको हो । 

ठूलो बाढी आएकाले खोला आसपासका स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने - 'वरिपरिका मान्छेलाई सतर्क रहन भनेका छौं । अघि भन्दा गोंगर खोलामा अहिले बाढी धेरै नै कम भइसकेको छ ।'

गोंगर खोलाको माथिल्लो क्षेत्रमा पहिरो गएर लेदो सहितको बाढी आएको हुनसक्ने स्थानीयको भनाइ छ । 

केदार

Link copied successfully