हेटौंडामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

असार १७, २०८२

प्रताप विष्ट

Driver killed, co-driver injured in truck accident in Hetaunda

हेटौंडा — पूर्व पश्चिम राजमार्थअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेमा भारतीय लरी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् ।

बनारसवाट हेटौंडा-१५ स्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगका निम्ति कोइला लिएर आएको यूपी ६१ एटी ०९६२ नम्बरको ट्रक ब्रेक भएर दुर्घटना हुँदा नाम थर नखुलेका चालकको ट्रकमै च्यापिएर मृत्यु भएको हो । सहचालक भारत गाजिपुरका २६ वर्षीय मनोज यादव घाइते भएका छन् । उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

मंगलबार बिहान साढे २ बजे रातोमाटेको चार्जिङ स्टेसन नजिकै ब्रेकफेल भएर ट्रक पल्टिएको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully