हेटौंडामा रुख ढल्दा मोटरसाइकल चालक घाइते

असार १६, २०८२

प्रताप विष्ट

A motorcyclist was injured when a tree fell in Hetaunda

हेटौंडा — पूर्वपश्चिमर लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका—१५ रिद्धिसिद्धि सिमेन्ट उद्योगतर्फ जाने सडक खण्डमा रुख ढल्दा एक जना भारतीय नागरिक घाइते भएका छन् ।

वीरगन्जवाट हेटौंडातर्फ आउँदै गरेको बीआर ३२ एके १२४१ नम्बरको भारतीय मोटरसाइकलमा सवार चालक भारत मधुवन–५ का २० वर्षीय कन्हैया कुमार रुख ढलेर लाग्दा घाइते भएका हुन् । 

उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकमा रुख ढलेकाले केही समय सडक पूर्वपश्चिम लोकमार्ग अवरुद्ध भएको थियो । तत्कालै प्रहरी पुगेर अवरोध पन्छाएर सडक सञ्चालन गराएको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully