मकवानपुरमा अविरल वर्षापछि भत्कियो घर

असार १६, २०८२

प्रताप विष्ट

A house collapsed after incessant rain in Makwanpur

हेटौंडा — अविरल वर्षाका कारण मकवानपुरको दुर्गम गाउँको एक चेपाङको घर भत्किएको छ ।

राक्सिराङ गाउँपालिका–९ सिमलटारका फुलचरी चेपाङको ढुंगा माटोको गारो र जस्तापाताले छाएको दुई तले घर शनिबार परेको अविरल वर्षाका कारण घर भत्किएर पूर्णरुपमा क्षतिग्रस्त भएको हो । 

दुई तले घर गर्लाम्मगुर्लुम्म भत्किएपछि उनीहरु घर नजिकैको गोठमा बसेका छन् । घर भत्किन थालेपछि उनीहरु भाग्न सफल भएकाले मानवीय क्षति नभएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । 

आठ जनाको चेपाङ परिवार अहिले गाईगोरु बाँधेको कतरे गोठमा आश्रय लिएर बसेका छन् । मकवानपुरको राक्सिराङ र कैलाश क्षेत्रमा शनिबारदेखि नै वर्षा भइरहेको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully