हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिका–५ मा अजिंगर भेटिएको छ । स्थानीय नवराज उप्रेतीको घरमा भेटिएको अजिंगरको स्थानीयले उद्धार गरेर जंगलमा छाडेको वडाध्यक्ष दिपेन्द्र अधिकारीले बताए ।
५ किलो ३ सय ग्राम तौल भएको करिब ५ फिट लामो अजिंगर शुक्रबार भेटिएको हो ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको रुपमा रहेको मनहरीमा वन्यजन्तुको उपस्थिति र वन्यजन्तुले मानव तथा बालीनालीमा क्षति पुर्याउने गरेका छन् ।
एक महिनाअघि पनि १२ किलो तौल भएको एक अजिंगरलाई उद्धार गरी जंगलमा छाडिएको वडाध्यक्ष अधिकारीले बताए ।
अहिले राति ९ बजेदेखि नै जंगली हात्ती मानव बस्तीतर्फ आउने गरेको र बालीनालीमा क्षति पुर्याउने गरेको वडाध्यक्ष अधिकारीको भनाइ छ ।
