जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दम्पती घाइते 

असार १४, २०८२

अनिश तिवारी

A couple injured when a jeep and a motorcycle collided

सिन्धुपाल्चोक — जिल्लाको लिसंखुपाखर गाउँपालिका-५ स्थित २१ किलो मोडक्षेत्रमा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । 

प्रहरी चौकी ठूलोपाखरकाअनुसार शनिबार बा प्र ०१०३५ च २३३६ नम्बरको जिप र बा ८७ प २८५४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो । घाइते मोटरसाइकल चालक ललितपुर गोदावरी नगरपालिकाका ४८ वर्षीय नन्दकिशोर थापा र त्यसमा सवार थापाक‌ै श्रीमती ४४ वर्षीया शारदा हुन् । घाइते दम्पती काठमाडौं र जिप दोलखा हिँडेका थिए । 

घाइतेलाई दुर्घटना भएलगत्तै उपचारका लागि खाडीचौरस्थित सिन्धु सदावहार अस्पताल लगिएको प्रहरीले जनाएको छ । 'चालकलाई प्रहरी चौकी मुडेमा बोलेरोसहित नियन्त्रणमा लिइएको छ,' प्रहरी चौकी ठुलोपाखर प्रहरी सहायक निरीक्षक भगवान खरेलले भने । 

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully