खैरो हेरोइन बिक्री गरेको आरोपमा पसले पक्राउ

असार १३, २०८२

प्रताप विष्ट

Shopkeeper arrested for selling brown heroin

हेटौंडा — खैरो हेरोइन बिक्री वितरण गरेको आरोपमा एक पसले पक्राउ परेका छन् ।

मकवानपुरको बकैया गाउँपालिका-४  जुरेली बजारस्थित बकैया इन्टरप्राइजेजका ४० वर्षीय आमोद बस्नेतलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । 

पसलको खानतलासी गर्दा कुनामा राखिएको बियरको कार्टुनभित्र डिजिटल तराजु १ थान र प्लास्टिकले बेरिएको अवस्थामा सानोसानो २७ वटा पुरियामा १ ग्राम ७४० मिलिग्राम लागु खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । उक्त पसलबाट स्थानीय युवालाई खैरो हेरोइन बिक्री गर्दै आएको जानकारी पाएको अर्यालको भनाइ छ ।

प्रताप

Link copied successfully