चितवन — नारायणगढ-मुग्लिन सडक बन्द हुने समय ३ बजेसम्म लम्बिएकाे छ ।
याे सडककाे तुइन खाेलामा सडकमा खस्न सक्ने अवस्थामा रहेका ढुंगा सफा गर्न आज बिहान ११ बजेदेखि सडक बन्द गरेर काम सुरू भएकाे थियाे । एक बजेसम्म सडक बन्द रहने भनिए पनि काम नसकिएका कारण समय लम्बिएकाे डिभिजन सडक कार्यालय भरतपुरले जनाएकाे छ ।
कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले माथिबाट ठूला ढुंगा झार्न समय लागेकाे बताए । तुइन खाेलामा पहिराेकाे जाेखिम रहने गरेकाे छ । नारायणगढ-मुग्लिन सडक राजधानी काठमाडाैं र पर्यटकीय सहर पाेखरालाई देशकाे पूर्वी र पश्चिम भागसँग जाेड्ने मुख्य सडक हाे । राजमार्ग बन्द हुँदा सयाैं सवारीसाधन राेकिएका छन् ।
उचाइमा काम गर्ने एक्स्काभेटरसहित पाँचवटा मेसिन आैजारले काम भइरहेकाले अब ३ बजेभित्र काम सक्ने साइट इन्जिनियर अर्जुन घिमिरेले बताए ।
