काभ्रेमा गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

असार ७, २०८२

ज्योती श्रेष्ठ

Scooter rider dies after being hit by a vehicle in Kavre

काभ्रे — काभ्रेको बनेपा नगरपालिका-७ स्थित गोदामचोक नजिक गाडीले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

बनेपा–पनौती सडक खण्डमा शनिबार १ बजेतिर बनेपातर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्वा गाडीले विपरीत दिशाबाट आइरहेको बा.प्र.०२–०२३ प ६०२३ नम्बरको स्कुटरलाई दिँदा चालक ४५ वर्षीय ज्ञानध्वज तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । तामाङ तेमाल गाउँपालिका-१ घर भई हाल बनेपा-७ बसपार्क बस्दै आएका थिए । 

प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएकोमा दिउँसो २ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । 

गाडी चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully