रोशी खोलामा फसेका पाँच जनाको सकुशल उद्धार

असार ६, २०८२

ज्योती श्रेष्ठ

Safe rescue of five people trapped in Roshi river

काभ्रे — बिहीबार राति करिब ९ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलामा अविरल वर्षाका कारण एक्कासी पानीको बहाव बढ्दा खोलाको बीच भागमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

सूचना प्राप्त हुनासाथ कटुन्जे वेशी प्रहरी चौकीबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको टोली घटनास्थलमा पुगेर फसेकाहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार, ओखलढुङ्गा जिल्लाको दुधकोशी गाउँपालिका वडा नं ४ बस्ने बर्ष २१ को सागर राई (लेबर काम गर्ने), काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ५ बस्ने वर्ष १९ को मुस्कान तामाङ (टिपर  सहचालक), तेमाल गाउँपालिका वडा नं ५ बस्ने वर्ष ४२ को सञ्जय लामा (ठेकदार), काभ्रेको तेमाल गाउँपालिका वडा नं ९ बस्ने वर्ष ३२  का रेमन तामाङ (टिपर चालक) र दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ बस्ने वर्ष २९ को समिर तामाङ (जे.सि.बि. चालक) लाई सकुशल उद्धार गरिएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले अप्पर रिभर क्रसिङ विधि र रोप रेस्क्यू विधि प्रयोग गरी शुक्रबार राति १२:०९ बजे ती सबै व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको जनाइएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully