रसुवामा तीन जनाको मृत्यु

असार ३, २०८२

रासस

Three people died in Rasuwa

रसुवा — रसुवाको दुई स्थानमा तीन जनाको निधन भएको छ । नौकुण्ड गाउँपालिका-५ र कालिका गाउँपालिका-५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला परेको र कालिका-१ ग्राङ गाउँमा भर्‍याङले थिची एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

नौकुण्ड-५ सिस्नेरीका लालबहादुर मुक्तानको छोरीद्वय १३ वर्षकी सर्गम मुक्तान र १० वर्षकी सविना मुक्तान खोलामा मृतावस्थामा मंगलबार फेला परेको र ग्राङका वर्ष ४३ की चिर्की तामाङ निर्माणाधीन बौद्ध गुम्बाको भर्‍याङ भत्किँदा घाइते भई उपचारको क्रममा जिल्ला अस्पताल धुञ्चे लाँदैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए ।

शव परीक्षणका लागि दुई बालिकाको त्रिशूली अस्पताल पठाइएको छ । तीनै जनाको मृत्युका सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान जारी राखिएको छ ।

रासस

Link copied successfully