सुख्खा पहिरो हटाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक 

असार ३, २०८२

रमेशकुमार पौडेल

The Narayangadh-Muglin road was opened after the landslide was removed

चितवन — सुख्खा पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पहिरो हटाएपछि खुलेको छ  । उक्त सडक मंगलबार मध्याह्नबाट अवरूद्ध भएको थियो । 

पहिरो हटाएसँगै दिउँसो सवा ४ बजेबाट सडक दुईतर्फी नै खुलेको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिजियर कृष्ण आचार्यले जानकारी दिए ।  इच्छाकामना गाउँपालिका-५ तुइन खोला नजिक सडकमा माथिबाट सुख्खा पहिरो खसेको थियो । यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्यमार्ग हो । तर बर्खायाममा हरेक वर्ष पहिरोले समस्या हुने गरेको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully