हेटौंडा — पूर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–१५ डाईभर डाँडामा बसले 'अन टेस्ट' कारलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् ।
घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख २९७० नम्बरको बस ब्रेक फेल भई हेटौंडाबाट वीरगन्जतर्फ गइरहेको 'अन टेस्ट' कारलाई ठक्कर दिएकाले कारमा सवार ६ जना र बसमा सवार ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बसले वीरगन्जबाट हेटौंडातर्फ आइरहेको ना ८ ख ४४० नम्बरको ट्याङ्करलाई समेत पछाडिबाट ठक्कर दिएको थियो । बसको ब्रेक फेल भएकाले कार र ट्याङ्करलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएको बस सडकबाट सय मिटर अगाडिको रुखमा ठोकिएपछि मात्र रोकिएको थियो ।
