चट्याङबाट एक जना घाइते, घरमा क्षति

जेष्ठ २९, २०८२

प्रताप विष्ट

One person injured by lightning, house damaged

हेटौंडा — हावाहुरीसँगै परेको चट्याङबाट एक युवक घाइते भएका छन् । बिहीबार अपराह्न परेको चट्याङले बागमती गाउँपालिका-२ का ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते भएका हुन् । 

उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको प्रहरीले जनाएको छ । चट्याङका कारणले श्रेष्ठको कम्मरभन्दा मुनिको भाग चलेको छैन । श्रेष्ठ घरमा बसिरहेको अवस्थामा चट्याङ परेको थियो । 

सोही गाउँमा कमलजंग रानामगरको जस्तापाताले छाएको १ तले घरमा चट्याङले आंशिक क्षति पुर्‍याएको छ । बुधबार चट्याङमा परेर मकवानपुर कैलाश गाउँपालिका–९ का १४ वर्षीय कान्छा गोलेको मृत्यु भएको थियो ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully