चट्याङबाट मकवानपुरमा युवकको मृत्यु

जेष्ठ २९, २०८२

प्रताप विष्ट

A young man died due to lightning in Makwanpur

हेटौंडा — हावाहुरीसँगै परेको चट्याङले बुधबार बेलुका एक युवकको मृत्यु भएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका–९, किटभञ्ज्याङमा २२ वर्षीय कान्छा गोलेको मृत्यु भएको हो । घरको आँगनमा बसिरहेको अवस्थामा चट्याङ परेर घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कायालय मकवानपुरले जनाएको छ ।

दुर्गम क्षेत्रमा घटना भएका कारण थप कुरा बुझ्न प्रहरी टोली आज बिहान त्यसतर्फ लागेको छ ।

चट्याङ परेर मकवानपुरमा चालु आर्थक वर्षको ११ महिनामा  चार जनाको मृत्यु हुनुको साथै नौ जना घाइते भएका छन ।

प्रताप

Link copied successfully