मकवानपुरको मिलमा आगलागी

जेष्ठ २७, २०८२

प्रताप विष्ट

Fire in the mill of Makwanpur

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिकामा सेलर मिलेमा लागेको आगलागी निभाउने क्रममा एक जना घाइते भएका छन् ।

मनहरी गाउँपालिका—१ का ६८ वर्षीय कृष्ण लटौला मिलमा लागेको आगो निभाउन खोज्दा आगोले पोलेर घाइते भएका थिए । लटौलाको घरसँगै जोडिएको सेलर मिलमा करेन्ट सट भएर आगलागी भएको थियो ।

आगलागीबाट पूर्णरूपमा घर जलेर नष्ट भएको र घरभित्र रहेको मिलका मेसिनरी सामान, अन्नपात, तयारी काठ लगायतका सामान गरी करिब १३ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

मिलमा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा सोमबार अपराह्न साढे ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिएको थियो । करिब दिउँसो २ बजे आगलागी भएको थियो ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully