बेथानचोक बस दुर्घटना : मृतकको सनाखत [अपडेट]

जेष्ठ २१, २०८२

ज्योती श्रेष्ठ

Bethanchowk bus accident: Identity of deceased [Update]

काभ्रे — काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु भएकी महिलाको सनाखत भएको छ । दुर्घटनामा बनेपा नगरपालिका–९ नयाँबस्तीकी ६५ वर्षीया कृष्णमाया तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । 

बुधबार साँझ ५:४० बजे पनौती बसपार्कबाट मेदाम्चुतर्फ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस चिप्लिएर सडकबाट झण्डै ३५ मिटर तल खसेको हो । दुर्घटनामा घाइते हुनेहरूमा बस चालक बेथानचोक-६ का ४१ वर्षीय रामप्रसाद ढुंगाना, बनेपा-९ की ३२ वर्षीया संगीता आचार्य र उनकी १ वर्षीया छोरी सरगम तिमल्सिना छन् ।

घाइते चालकलाई शीर मेमोरियल अस्पताल, बनेपा पठाइएको उनले जनाए । संगीताको आमाछोरीलाई धुलिखेल अस्पताल रिफर गरिएको छ । 

बसमा चालक र सहचालकसहित सातजना सवार रहेको उनले सूचना अधिकारी घलेले बताए । सहचालकसहित अन्य सकुशल रहेको उनले बताए । दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully