मकवानपुरमा विषालु च्याउ खाएर बाबुछोरा बिरामी

जेष्ठ १८, २०८२

प्रताप विष्ट

Father and son sick after eating poisonous mushroom in Makwanpur

हेटौंडा — मकवानपुरमा विषालु च्याउ खाँदा बाबुछोरा बिरामी भएका छन् । मकवापनुरगढी गाउँपालिका—८ आकरेका ६१ वर्षीय वीरबहादुर तामाङ र ८ वर्षीय छोरा वसन्त तितुङ च्याउ खाएर बिरामी भएका हुन् । 

उपचारका निम्ति उनीहरूलाई हेटौंडाको सञ्चो अस्पतालमा ल्याइएको छ । उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । 

आफ्नै बारीमा उम्रेको च्याउ वीरबहादुरले टिपेर ल्याएर पकाएका थिए । च्याउ खाएपछि टाउको दुख्ने र झाडावान्ता भएपछि उपचारका निम्ति दुवै जनालाई अस्पतालमा ल्याएको थियो ।

अहिले दुवैको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully