बिच्छीले डस्दा मकवानपुरमा बालिकाको मृत्यु

जेष्ठ १६, २०८२

प्रताप विष्ट

Girl dies of scorpion sting in Makwanpur

हेटौंडा — मकवानपुरमा बिच्छीले डस्दा एक बालिकाको मृत्यु भएको छ ।

मकवानपुर बकैया गाउँपालिका–७ मैनाटारकी ८ वर्षीया अस्मिता वाइबाको बिच्छीले डसेर बिहीबार राति मृत्यु भएको हो  ।  

घरमा नुहाएर कपडा लगाउने क्रममा बायाँ भागको कम्मरको भागमा बिच्छीले डस्दा उनी घाइते भएकी थिइन् । उपचारका लागि उनलाई हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बिहीबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । कपडामा नै बिच्छी रहेको अनुमान गरिएको छ । उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully