पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

जेष्ठ १४, २०८२

प्रताप विष्ट

The drowning death of a young man who went swimming

हेटौँडा — मकवानपुरको भीमफेदीस्थित खोलामा पौडी खेल्न गएका एक किशोरको खोलामा डुबेर मृत्य भएको छ । काठमाण्डौ महानगरपालिका-१२ लाजिम्पाटका १७ वर्षीय नामसोङहाङ जबेगुको मकवानपुरको भीमफेदी गाउँपालिका-८ स्थित कोगटे खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर मुत्यु भएको हो ।

 काठमाडौँबाट कोगटे खोलामा आफ्ना ८ जना साथीसंग मंगलबार दिउँसो पौडी खेल्न आएका जबेगु खोलामा डुबेर बेहोस् भएपछि साथीहरूले बाहिर निकालेर स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव् प्रवक्ता श्यामु अर्यालले बताए ।

उनको शव पोष्टमार्टमा लागि टिचिङ अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । काठमाडौँबाट घुम्ने क्रममा उनीहरु कोगटे आइपुगेका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully