बाढीले कान्ति लोकपथ अवरुद्ध

जेष्ठ १०, २०८२

प्रताप विष्ट

Flood blocked Kanti Lokpath

हेटौंडा — वर्षाका कारण बागमती खोलामा आएको बाढीले कान्ति लोकपथ शुक्रबार बेलुकादेखि अवरुद्ध भएको छ । कान्ति लोकपथ सडक खण्डको बागती खोलामा रहेको पुलको साइडमा भरिएका ग्राभेल बाढीले बगाएर लगेपछि कान्ति लोकपथ अवरुद्ध भएको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिका—८ र ललितपुरको बागमती गाउँपालिका—२ को बीचमा रहेको बागमती पुलको दुवैतर्फको साइडमा भरिएको माटो र ग्राभेल शुक्रबार बेलुका परेको पानीका साथै बागमती खोलामा आएको बाढीले बगाएर लगेका कारण कान्ति लोकपथ बेलुका ८ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए ।  

बाटो खुलाउन स्थानीयवासी, इप्रका ठिंगनका प्रहरी र सडक विभागले प्रयास गरिरहेका छन् । बागमती खोलाले बागमती पुलको दायाँबायाँ भरेको ग्राभेल र खोलामा राखेको ह्युमपाइप पटक/पटक बगाएकाले कान्ति लोकपथ अवरुद्ध हुँदै आएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully