उपमहानगरपालिकाद्वारा २५ जनालाई पाडापाडी 

जेष्ठ १०, २०८२

प्रताप विष्ट

25 people were sacked by the sub-metropolitan city

हेटौंडा — कृषकहरुको आयआर्जनको स्रोत वृद्धि गराउने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले २५ जना कृषकहरुलाई २५ वटा पाडापाडी वितरण गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ का कृषकहरुलाई उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र वडाध्यक्ष सुनिल मोक्तानले शुक्रबार पाडापाडी वितरण गरेका हुन् । हेटौंडा उपमहानगरपालिकालाई बाग्मती प्रदेश सरकारले शसर्त अनुदान स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । 

उपमहानगरको वडा नम्बर १५ स्थित सुरेशिखर कृषि सहकारी संस्थासँगको सहकार्यमा ३३ वटा पाडापाडी वितरण गर्ने योजना रहेको छ । 

पाडापाडी पाउने कृषकहरु सहकारीमा आवद्ध हुनुपर्ने, पाडापाडीको मूल्यको ५० प्रतिशत रकम सम्बन्धित कृषकले व्यहोर्नुपर्ने र पाडापाडी पाल्नका लागि गोठ पनि हुनुपर्ने प्रावधान राखिएको छ । पहिलो चरणमा सहकारीमार्फत हुर्काइएका पाडापाडी खरिद गरेर कृषकहरुलाई उपलब्ध गराइएको हो ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully