फरार आरोपित आठ वर्षपछि पक्राउ 

जेष्ठ ८, २०८२

अनिश तिवारी

Absconder arrested after eight years

सिन्धुपाल्चोक — तीन जनाको ज्यान जाने गरी जिल्लाको सुनकोशी गाउँपालिका-७ तिनकिलोमा भएको बस दुर्घटनाका फरार प्रतिवादी आठ वर्षपछि पक्राउ परेका छन् ।

 इलाका प्रहरी बाह्रबिसेका अनुसार २०७४ वैशाख २८ गते बा ३ ख ५०५६ नं.को बस पल्टिँदा बसमा सवार तीन जना मानिसहरुको मृत्यु भएको थियो । घटनालगत्तै बसका चालक दोलखा कालिञ्चोक गाउँपालिका-२ बाबरेका ३१ वर्षका मानकाजी लामिछाने फरार थिए । 

आठ वर्षपछि प्रहरी टोलीले मंगलबार लामिछानेलाई पक्राउ गरेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले बताए । 'नियन्त्रणमा लिएर सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालति प्रक्रिया चल्दैछ, अदालतकै आदेशमा ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ,' उनले भने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully